नरेश फुयांल, साउन–६,काठमाण्डौ । माईक्रोसफ्ट कम्पनीले इतिहासमै पहिलो पटक कम्पनी घाटामा गएको बताएको छ । माईक्रोसफ्टले यस बर्षको त्रैमाशिक प्रतिबेदनमा जुन महिना सम्म ४ सय ९३ मिलियन अमेरिकि डलर घाटा रहेको खबर सार्बजनीक गरेको छ ।
माईक्रोसफ्टले यो घाटा कम्पनीको हालसम्म कै पहिलो भएको पनि बताएको छ । माईक्रोसफ्टलाई यति ठुलो घाटा बेहोर्नुमा अर्को प्रतिद्वन्दी कम्पनि गूगल भएको बताइएको छ ।
माईक्रोसफ्ट सन १९८६ देखी शेयर मार्केटमा आएको थियो । उसको कुल बाषिर्क मुनाफा अझै पनि १६.९८ बिलियन अमेरिकि डलर रहेको बताइएको छ । माईक्रोसफ्ट कम्पनीले आफ्नो प्रभुत्व भने अझै पनि सफ्टवेयर बजारमा कायम नै राखेको छ । उसले आगामी नयाँ अपरिटिङ सिस्टम विन्डोज–८ यही बर्षनै सार्बजनिक गर्दै छ