आसाममा भड्किएको साम्प्रदायिक हिंसामा १७ जनाको मृत्यु
आसाममा भड्किएको साम्प्रदायिक हिंसामा १७ जनाको मृत्यु
Added: 2012 July 23

नरेश फुयांल, श्रावण ८–काठमाण्डौ ।भारतको आसाममा भड्किएको साम्प्रदायिक हिंसामा १७ जनाको ज्यान गएको छ ।

आसामको कोक राझाडमा दुई समुदायबाट सुरु भएको हिंसा अहिले छिमेकी जिल्ला चिरांगमा पनि फैलिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

हिंसालाई नियन्त्रणमा लिन ठूलने संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हिंसा रोक्ने क्रममा हतियारधारी समूहले प्रहरीमाथि गोली चलाएको र प्रहरीको जवाफी कारबाहीका क्रममा  ५ जना प्रहरी सहित २० जना घाइते भएका छन् ।

आसामका मुख्य मन्त्री तरुण गोगोईले हिंसा रोक्नका लागि कडा कदम उठाउन प्रशासनलाई निर्देशन दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिंसा फैलदै गएपछि स्थानीय प्रशासनले ३७ वटा राहत शिविर सञ्चालन गरेको छ । जसमा ३५ हजारले शरण लिइरहेको अधिकारीहरुले बताएका छन् ।
 

सम्बन्धित समाचारहरु