भिडियोमा ब्यस्त सुबेदी
भिडियोमा ब्यस्त सुबेदी
Added: 2012 March 28

विगत एक दशक देखी सञ्चार्रकर्ममा क्रियाशिल बिकाश सुबेदी पछिललो समय म्युजिक
भिडियो निर्देशनमा ब्यस्त भएका छन् । टिटिभीका कार्यक्रम निर्माता तथा समाचार बाचक समेत रहेका सुबेदी ले २०६७ सालबाट
भिडियो निर्देशनमा हात हालेका हुन । अन्जु पन्तले गाएको तिमी आफै पग्लीएर आखाँबाट झरेपछि बोलको गीतको भिडियो निर्देशन गरेर निर्देशनयात्रा अगाडी
बढाएका सुबेदी अहिलेका ब्यस्त निर्देशकमा गनिन्छन् । गत वर्षभ्यालेन्टाइन डेको अवसरमा इन्साइड आउट व्याण्डको अल्टरनेटीभ अग्रेजी गीतको भिडियो बाट चर्चामा आएका सुबेदी भिडियोमा नयाँ प्रयोग गर्ने चाहने निर्देशकका रुपमा चिनीएका छन् । अहिले सम्म चल्तीका गायक गायिकाले गाएका गीतहरुको समेत भिडियो मा निर्देशन गरीसकेका सुबेदीले नेपाली गीत संगीतको बजार खस्कीरहेको अवस्थामा कम बजेटमा स्तरीय भिडियो तयार पार्नु अहिलेको चुनौती रहेको बताउछन् । गत शुक्रबार मात्र शिब परियारको गीत मरेर गँए....को सुटिंग सेटमा भेटीएका सुबेदीले अन्य आधा दर्जन गीतको सेटींग भइरहेको बताए । पछिल्लो समय एक पछि अर्को गीतको भिडियो निर्देशन गरीरहेका सुबेदीको हरेक हप्ता नियमित रुपमा भिडियो र्सार्वजनिक भइरहेका छन् । हालसम्म एक दजर्न बढी गीतको भिडियो निर्देशन गरेका सुबेदीले भिडियोमा नयाँ शैलीको स्थापना गरेका कारण उनलाई रोजेको शिब बताउछन् । शिव मात्र हैन चल्तीका अन्य गायक गायिकाहरुको रोजाइमा पनि सुबेदी पर्न थालेका छन् ।त्यसो त धेरै म्युजिक भिडियोका निर्देशकहरुको लक्ष्य चलचित्र निर्देशन नैहुन्छ । सुबेदीको पनि चाहना यहि छ । उनि केही समय पछि चलचित्र निर्देशनमा आउने बताउछन् । अहिले पनि केही चलचित्रको प्रस्ताव आएको भए पनि आफुले केही नयाँ र्गर्न चाहने भएकोले फरक शैलीको विषय वस्तु पाएमा चलचित्र निर्देशन यात्रा टाडा नरहेको उनी बताउछन् ।

सम्बन्धित समाचारहरु