
हिजो आजका व्यूस्त संगीतकार जुगल डंगोल जो एरेन्जर,र्रर्ेकडिस्ट पनि हनु हुन्छ । उहा सिजी डिजीटल फिल्म अर्वाडमा चलचित्र ठेगानावाट २ वटा विधा र्पाश्व संगीत र मिक्सीङ्गमा मनोनयनमा पर्नु भएको छ । मेरो खवरले संगीतकार जुगल डंगोल संग गरेको कुराकानी
यो ठेगाना कस्तो प्रकारको चलचित्र हो ?
यो एउटा नेपाली पन भएको पर्ुण्ा मनोरंजनात्माक चलचित्र हो । यो चलचित्रमा धेरै नेपाली पन भएका संगीत,सम्वाद र दृष्यहरु देख्न अनि सुन्न पाउनु हुने छ ।
संगीत पक्ष कस्तो छ ?
ठेगानाको संगीत निकै राम्रो वनेको छ र मैले यसको लागि निकै मेहनत गरेको छु । झट्ट सुन्दा भन्दा नि सुन्दै जादा मन पर्ने खालको संगीत यस्मा छ र पुरै नेपाली पन भएको लोक गीत र अन्य गीतहरु यस्मा पाउनु हुने छ ।
सिजी डिजीटल फिल्म अर्वाडमा २ वटा विधामा मनोनित हुनु भएको छ कस्तो लाग्यो ?
निकै खुशी लागेको छ । र्पाश्व संगीत र मिक्सीङ्गमा परेको छ निकै खुशीछु । हुन त चलचित्र मैनाको लागी मैले र्पाश्व संगीत विधामा राष्ट्रिय पुरस्कार पाईसकेको छु । यस वाटपनि मेरो कामको मुल्यांकन हुने आशामा छु ।
चर्चामा आउन फरक फरक काम गर्नु हुन्छ नि ?
त्यस्तो फरक काम त मैले केही गरेको छैन अतिथी के.सीको कुरा गर्नु भएको होला उक्त एल्वममा सर्म्र्पूण संगीत मेरो छ वास्तवमा अतिथि राम्रो प्रतिभा भएको गायिका हुन अहिले संसारकै सवैभन्दा कम उमेरमा गीत र्रर्ेकड गराउने गायिका वनिन यो त कामी सवैको लागी खुशीको कुरा हो । यो त काम गर्दै जादा पाएको चर्चा हो ।