उपप्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान सभा विघटन हुने र संविधान पनि नबन्ने खतरा उत्पन्न भएको वतायका छन। मुख्य दलहरुबीचको छलफलपछि प्रकाशले संचारकर्मीसित रुँदै भने ँमुलुकमा संकटपूर्ण अवस्थामा आएको छ ।’ श्रेष्ठले काँग्रेस र एमाले सहमतिमा नआउँदा संविधासभा भंग हुने अवस्था आएको वताय ।
राज्य पुनर्संरचना समितिले पेश गरेको १४ प्रदेशलाई मानौं वा राज्य पुनर्संरचना आयोगले पेश गरेको १० प्रदेशलाई स्वीकारौं र यो पनि नभए विवादिद विषयलाई संविधानसभामा लगेर मदतान प्रकृयाबाट टुंगो लगाउँ भन्दा काँग्रेस र एमाले नमानेको श्रेष्ठले वताय ।
सरकारले अब के गर्छ त भन्ने पत्रकारको प्रश्नमा प्रकाशले भन्नुभयो ँअझै दलहरुबीच गंभीरतापूर्वक छलफल गर्ने र कम भन्दा कम क्षति हुने गरी कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा विचार गरिन्छ ।’ तर सरकारले चाल्ने कदमका विषयमा भने श्रेष्ठले केही वतायनन ।