एकिकृत नेकपा माओवादीले मुलुकलाई राज्यबिहिन अवस्थाबाट जोगाउन संविधान सभाको निर्बाचन घोषणा गर्नु परेको स्पष्ट पारेको छ । पार्टर्ीीे आज बसेको स्थायी समितीको बैठकले निर्वाचनमा जाने सरकारको निर्ण्र्ााो चौतर्फी बिरोध भइरहेका बेला निर्वाचनको औचित्यबारे स्पष्ट पारेको हो ।
पार्टर्ीीथायी समिती बैठकपछि माओवादी अध्यक्ष पुष्प कमल दाहालले संविधानसभा विघठन हुनुमा एमाले र काग्रेसको रवैया जिम्मेवार रहेका दावी गर्नु भयो ।
बैठकले संघियता बिरोधी शक्तिहरुले संविधानसभा बिघटन गराएको निष्कर्षनिकालेको छ । मुलुकलाई शून्यताको अवस्थाबाट बचाउन नया निर्वाचनको बिकल्प नरहेको ठहर गरेकेा बैठकले संघियताबिरोधीले निर्वाचनमा जानेर सरकारको निर्ण्र्ााो बिरोध गरेको आरोप समेत लगाएको छ ।
दाहालले दवावकै भरमा प्रधानमन्त्री डा बाबुराम भट्र्राईले पदबाट राजीनामा नदिने बताउनु भयो । उहाले छलफल गर्दै जादा सहमती भएपछि राष्ट्रिय सहमतीको सरकार गठन हुदा राजीनामा गर्न सक्ने बताउनु भयो