संविधानसभा विघठन भएको दोश्रो दिन आज प्रमुख राजनीतिक दलहरुले संविधानसभा विघठनको दोष एकाले अर्कोलाई लगाएर अविश्वास थप गहिरो पार्ने संकेत दिएका छन् ।
काग्रेस एमाले लगायतका केही सानादलहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले गैर सबैधानिक तरिकाले नयां निर्बाचनको मिति घोषणा गरेको आरोप लगाउदै भट्र्राईको राजीनामा गराउन चौतर्फी दवाव दिने निर्ण्र्ाागरेका छन् । काग्रेस एमाले र केही मधेशवादी दलको मोर्चामा माओवादी कै असन्तुष्ट मोहन बैद्य समुह समेत एकाकार भएको छ ।
आज गणतन्त्र दिवसको कारण राष्ट्रिय विदा परेका कारण सरकार्रर् इतर पक्षले आशाको केन्द्र मानेका राष्ट्रपति डा राम बरण यादवले भोलीबाट मात्र नया चुनावको मिती तय गर्ने बर्तमान सरकारको कानूनी बैद्यताबारे परामर्श गर्नु हुने भएको छ ।
आगामी रणनीति बनाउन कांग्रेस एमाले लगायत साना दलहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको गैरसंबैधानिक प्रक्रिया विरुद्ध एक भएर अघि बढ्ने निर्ण्र्ाा समेत गरेको बताएका छन् ।
साना दल सहितको बैठकले प्रधानमन्त्री डा भट्टर्राईले अलोकतान्त्रिक र गैरसंविधानिक तरिकाले व्यवस्थापिका संसद भङ्ग गरेको ठहर गरेको छ । बर्तमान सरकारकै नेतृत्वमा नया निर्बाचनको बिरोध गरिरहेका दलहरुको आज दिउंसो कांगे्रस केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले नयां चुनावको मिति घोषणा गर्ने माओवादीको नियतमाथी शंका उब्जाएको निष्कर्षनिकालेको छ ।
छलफलमा कांगे्रस, एमाले, फोरम नेपाल, फोरम लोकतान्त्रिक शरदसिंह भण्डारी पक्ष, माले, माले समाजवादी, राप्रपा र राष्ट्रिय जनशक्ति पार्टर्ीीहभागी थिए । माओवादी बिरुद्ध कसरी एक भएर जाने संयुक्त रणनीति तय गर्न र्सबदलिय बैठक भोली पुन ः बस्ने एमाले नेता माधब कुमार नेपालले जानकारी दिनु भयो ।
संविधान सभाको विघठन भईसेकपछिको अवस्था र सरकारका तर्फाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि पार्टर्ीी चाल्ने कदमका बारेमा कांग्रेस, एमाले लगायतका दलहरुले आन्तरीक र दर्ुइपक्षयि छलफल थालेका हुन् ।