निवर्तमान सभासद् पासाङ शेर्पाले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नु भएको छ ।एमालेले आदिवासी जनजातिको मुद्धालाई सम्वोधन नै नगरेकाले पार्टी छाड्ने निर्णय गरेको शेर्पाले बताउनु भयो । ‘पार्टी नेतृत्व कहिल्यै पनि आदिवासी जनजातिको मुद्धामा कहिल्यै सकारात्मक देखिएन र पछिल्लो समय त निकै पूर्वाग्रही समेत भयो’ उहाँले भन्नुभयो-’यस्तो पार्टीमा बसेर आदिवासी जनजातिले केही नपाउने देखेर पार्टी छाड्न लागेको हो ।’
उहाँले अब के गर्ने भन्नेबारे नसोचेको उहाँको भनाई छ । शेर्पा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।