यो सरकार रहेसम्म राजनीतिक सहमति वन्दैन: बादल
यो सरकार रहेसम्म राजनीतिक सहमति वन्दैन: बादल
Added: 2012 July 26

साउन ११, काठमाडौं । नवगठित नेकपा–माओवादीका महासचिव रामवहादुर थापा वादलले वर्तमान सरकारले राजिनामा नगरेसम्म राजनीतिक सहमति हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ अवध मधेस राज्य समितिले आज बिहान रुपन्देहीको वुटवलमा गरेको पत्रकार सम्मेलनमा वादलले अहिलेको सरकार पुर्ण रुपमा असंवैधानिक भएकाले यो सरकार रहेसम्म राजनीतिक सहमति नबन्ने बताउनुभयो । 

सर्वपक्षिय गोलमेच सभा नै राजनीतिक निकासको प्रस्थान विन्दु भएको दावी गर्दै उहांले राजनितीक सहमतीको लागी संविधान सभाको नयाँ चुनाव , संविधान सभाको पुनस्र्थापना वा संसदको चुनाव जुनसुकै विकल्पमा पनि छलफल हुनसक्ने बताउनुभयो ।

सरकार विरुद्ध कांग्रेस एमाले लगायतका दलले गर्ने आन्दोलनमा आफूहरुको समर्थन रहने वताउँदै महासचव वादलले तर उनीहरुसंगको मोर्चावन्दी भने संभव नरहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचारहरु